
हेटौँडा/ ६६ औं प्रहरी दिवसका अवसरमा आज हेटौंडामा नजिकिएको चार्डपर्व संगै बढदै गरेको कोरोना जोखिमलाई मध्यनजर गर्दै प्रहरीले हेटौंडामा मास्क वितरण गरेको छ । हेटौंडाको बुद्ध चोक क्षेत्रमा मास्क नलाग्का पैदल यात्रीलाई मास्क वितरण गरिएको हो । प्रहरीले मास्क नलगाउनेलाई जरिवाना तिराउने र मास्क वितरणको कामलार्इ प्रभाबकारी बनाएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा मास्क वितरण कार्यक्रम गरेको हो । कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नबराज अधिकारी,मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल लगायतकाको सहभागिता रहेको थियो ।


सेयर गर्नुहोस्