हेटौंडामा असोज २१ गते दौड प्रतियोगिता हुने

हेटौंडा टुडे
१७ आश्विन २०७८, आईतवार १७:१४

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका र नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा दौड प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले सो कुरा बारे जानकारी गराएका हुन् । उनका अनुसार, प्रतियोगिता हेटौंडाको बुद्धचोकबाट सुरु भएर कान्तिराजपथ हुँदै हेटौंडा–५ स्थित क्याम्पाडाँडा पुगेर पुनः सोही बाटो बुद्धचोकमा आएर समापन हुनेछ ।

यसअघि हेटौंडा–४ स्थित लोकतान्त्रिक हुप्रचौरबाट प्रतियोगिता सुरु गर्ने तयारी भएपनि हेटौंडाको बुद्धचोकमा हुन भएको हो । प्रतियोगितामा सहभागी धावकहरुले कुल ६६ किलोमिटर दौडनुपर्ने उनले बताए ।

बिजया दशमी २०७८ को अवसरमा आगामी असोज २१ गते घटस्थापनाको दिन दौड प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको प्रथम हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र , दोश्रो स्थान हाँसिल गर्नेले १० हजार तथा तेश्रो स्थान हाँसिल गर्नेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उद्घाटनका साथै समापन कार्यक्रम पनि सोही दिन बुद्धचोकमै आयोजना भएर पुरस्कार वितरण गरिने जनाइएको छ । उक्त प्रतियोगिताको लागि कुल रु २ लाख रुपैयाँ खर्त लाग्ने खेलकुद विकास समितिले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*