मकवानपुर क्याम्पसमा ग्याङ फाइट,रड प्रहार एकजना घाइते

टुडे संवादाता
१८ आश्विन २०७८, सोमबार ११:१९

हेटौंडा/हेटौंडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा ग्याङ फाइट भएको छ । सोमबार (आज) बिहान क्याम्पस परिसरमा दुई समूहबीच झडप हुँदा एकजना घाइते भएका छन् ।

झडपमा रड प्रहार हुँदा कक्षा ११ मा अध्ययन गर्ने दिवस राना घाइते भएका छन् ।

उनको प्रहरी निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको टोली पुगेको छ ।

घटनामा संलग्नको खोजि भइरहेको प्रहरीले जनाएको छ । अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको र स्थिति सामान्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*