हेटौँडा/ नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य स्थिर रहेको छ । गत आइतबार सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुन आज सोमबार पनि सोही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो प्रति तोलामा १ हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।
सेयर गर्नुहोस्
















