मकवानपुरमा थप ८ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
१८ आश्विन २०७८, सोमबार १६:२७

हेटौँडा/ सोमबार मकवानपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४६ जनामा गरिएको परिक्षणमा पीसीआर परिक्षणबाट ७ जनामा र एन्टिजेन विधिबाट १९ जनाको परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कारोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ७ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् । यसैगरी सोमबार मात्रै ३ जना कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*