
हेटौँडा/ कोभिड– १९ का कारण बन्द भई भदौं २७ गतेबाट भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हेटौंडानगरका सबै सामुदायिक विद्यालय दशैपछि संचालनमा आउने भएका छन।
हेटौंडा उपमहानगर भित्र रहेको ७७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सोमबार बसेको उपमहानगरपालिकाको बैठकले दशैँपछि पछि भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्ने निर्णय भएको हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले बताए।
बैठकले दशैँपछि स्वास्थ्य मापदण्ड अपनाएर सबै सामुदायिक विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्ने निर्णय गरेको जनाइएको छ।कोरोनाका कारण लामो समय बन्द रहेको विद्यालयमा भर्खरै भौतिक पठनपाठन हुन थालेकोले दशैपछि पठनपाठन संचालन गरिने बताइएको छ।
उपमहानगरपालिकाले मंगलबार हेटौंडाका संस्थागत विद्यालयका प्रधानाध्यापकलाई बैठकका लागि बोलाएको छ। प्रस्ट खबरबाट

सेयर गर्नुहोस्