हेटौंडा-१० मा ‘हेल्प डेस्क’ स्थापना

हेटौंडा टुडे
१९ आश्विन २०७८, मंगलवार ११:२४

हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्क र साना हात र सचेत नागरिक युवा समूहको सहकार्यमा सामुदायिक प्रहरी सेवा-उप केन्द्रको कार्यालयमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको हो। नजिकिदैँ गरेको चाडपर्वलाई लक्षीत गरी मंगलबारदेखि नागरिक-यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको हो । उक्त नागरीक सहायता कक्षको आज बिहान हेटौँडा-१० का वडाध्यक्ष किताब सिंह लामा र मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले संयुक्त रुपमा उदघाटन गरेका छन्।

उदघाटन कार्यक्रममा बोल्दै हेटौँडा-१० का वडाध्यक्ष किताब सिंह लामाले नागरिक सहयता कक्ष स्थापना हुदा नागरिकले ठगिनु नपर्ने र नागरिकले ठगिनु परे कक्षमा रहेका प्रहरीलाई आएर समस्या राख्न अनुरोध गरेका छन्। यस्तै, मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले यात्रुहरुको चाप बढेसँगै र यो संकटको अवस्थामा यात्रुहरु ठगिमा नपरुन भन्ने उद्धेश्यले यात्रुहरुको सुरक्षा, सुविधा र सहजिकरणका लागि सामुदायिक प्रहरी सेवा उप केन्द्रको सहकार्यमा आजदेखि नागरिक सहायता कक्षा स्थापना गरिएको बताए । एसपी रााठौले यात्रुहरुलाई कुनै गुनासो या कुनै अमानविय व्यवहार भएमा प्रहरीको कन्ट्रोल नस् १०० मा या ९८५५०९०१५० र ९८५५०९१००० नम्बरमा फोन गर्न सकिने बताएका छन्।

सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कका अध्यक्ष प्रदिप कंडेलको सभाध्यक्षता भएको कार्यक्रममा सामुदयिक प्रहरी सेवा केन्द्र हेटौडा-११ का अध्यक्ष शालिकराम पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा-९ पशुपतिनगरका अध्यक्ष राम बिष्ट,महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ,उप-केन्द्रका पदाधिकारी,स्थानीय,जनप्रतिनिधि, यातायात व्यवसायी लगायतको सहभागिता रहेको थियो।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*