हेटौँडा/ वि.सं. १९७५ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको चुरियामाई सुरुङमार्गको पुननिर्माणको काम सुरु भएको छ । प्रदेश २ को बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङ मार्ग १ सय ४ वर्ष अघि अर्थात १९७५ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको थियो । यातायात प्रयोजनका लागि निर्माण भएको सुरुङ मार्गबाट वि सं २०२० सम्म सवारी आउजाउ हुने गरेको थियो ।
दक्षिण एशियाकै पहिलो सुरुङमार्गको रुपमा रहेको चुरियामाई सुरुङमार्गको तत्कालिन बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले पुननिर्माणको शिलान्यास गरेका थिए । पुननिर्माण पछि सुरुङमार्ग भित्र हिडडुल गर्न सकिने छ । हाल पुननिमार्ण रोकिएको र दशैपछि काम सुरु हुने हुँदा सुरुङमार्ग भित्र हिडडुल गर्न रोक लगाईएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर-१५ स्थित चुरियामाईमा प्रदेश सरकारले ३ करोड ३६ लाख १३ हजार रुपैँया लागतमा पुननिर्माण काम सुरु गरेको हो । पुननिर्माण काम आउँदो २०७९ बैशाख सम्म सम्पन हुने बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले देशकै पहिलो चुरियामाई सुरुङमार्गको संरक्षण,अध्ययन गर्ने स्थलका रुपमा विकास र पर्यटन सम्बद्र्धन गर्ने उदेश्यले सुरुङमार्गको पुननिर्माण सुरु गरेको हो ।
८रपछिल्ला वर्षहरुको पहिरा,भुकम्पले पाँच सय मिटर लामो,नौ फिट चौडाइ र १० फिट उचाइ भएको सुरुङ्मार्गको विभिन्न भागमा क्षति भएपछि हाल उक्त मार्ग करिब दुई सय ८० मिटरमात्र बाँकी रहेको छ । सुरुङ्गमार्ग निमार्ण नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजङ थापाको नेतृत्वमा गरिएको थियो ।