हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोलास्थित सिद्धकालीमा जारी फुटबल प्रतियोगितामा मसिनेको जनजागरण युवा क्लव सेमीफाइनलमा प्रवेश गरेको छ ।
जारी प्रतियोगिता अन्तर्गत मंगलबार सेमीफाइनल प्रवेशका लागि लामाबस्ती युवा क्लव र सुन्दर युवा क्लव, एफसी पाल्दमार र जनसिद्ध युवा क्लव ‘बी’ तथा एफसी विजौना र युवा जागृति क्लवले खेल्नेछ ।
जनआदर्श समाज युवा क्लव मनहरी–३ को आयोजनामा पालिकाभित्र रहेका क्लवहरुको बीचमा फुटबल प्रतियोगिता भैरहेको हो । २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
सेयर गर्नुहोस्






















