नेपाल रेडक्रस सोसाईटी हेटौंडा उपशाखा र जिल्ला शाखा मकवानपुर बिच सम्झौता

हेटौंडा टुडे
१९ आश्विन २०७८, मंगलवार १५:५१

हेटौँडा/ नेपाल रेडक्रस सोसाइटी हेटौंडा उप-शाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजिवन सदस्यहरुलाइ आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । हेटौंडा उपशाखाले मंगलबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरसँग त्यसबारेमा सम्झौता गरेको छ । हेटौंडा उपशाखाले आफनो आजीवन सदस्यहरुको लागि बिरामी परेर रगत नै चाहिएको अवस्थामा स्वास्थ्य उपचारमा रगत अभाव हुन नदिने भन्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखासंग निशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको हो ।

आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर नेपाल मै पहिलो पल्ट नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको उपशाखाले आफ्नो आजिवन सदस्यहरुलाइ निशुल्क रगत उपलब्ध गराउन लागिएको हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले जानकारी दिनुभयो।

‘हेटौडा उपशाखाका आजीवन सदस्यहरुले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर हेटौडाको ब्लड बैंक पुगे हुन्छ,’ सभापति दाहालले भन्नुभयो। आजीवन सदस्यहरु कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरिएको उपशाखाका कोषाध्यक्ष हिक्मत श्रेष्ठले बताउनुभयो।

हेटौडा उपशाखाबाट प्राप्त आधिकारिक परिचयपत्र वा सिफारिसका आधारमा रगत निःशुल्क दिने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र हेटौडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो। अहिले रक्तसञ्चार केन्द्रले प्रती युनिट रगतको ८ सय ५० रुपैया लिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*