हेटौँडामा आज पनि नयाँ नोट वितरण गरिदैँ

हेटौंडा टुडे
२० आश्विन २०७८, बुधबार १२:०७

हेटौँडा/ नेपाल बैँक लिमिटेड हेटौँडाले हिजोबाट नयाँ नोट वितरण गरेको छ । चाडपर्वलाई लक्षित गदैँ  नेपाल बैँक लिमिटेड ले आज पनि नयाँ नोट वितरण गर्दै छ ।

करिब २ करोड रुपैँया बराबरको नोट वितरण गर्न लागिएको हो । गत मगंलबार १ करोड बराबरको नयाँ नोट वितरण गरिएको नेपाल बैँक लिमिटेड हेटौँडा शाखाका शाखा प्रबन्धक सुरेश लामिछानेले हेटौँडा टुडेलाई बताए ।

आज बुधबार करिब १ करोड नयाँ नोट वितरण गर्ने लक्ष्य रहेको छ । हेटौँडा भित्रका अन्य बैँकमा नयाँ नोट लिने व्यवस्था नभएकोर्ले नेपाल बैँकमा भिडभाड बढेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*