मेयर महतद्वारा मयुरधापमा माता विन्ध्यावासिनी मन्दिर एवं आश्रमको शिलान्यास

हेटौंडा टुडे
२० आश्विन २०७८, बुधबार १३:१६

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नंबर १४ मयुरधापमा माता विन्ध्यावासिनी मन्दिर एवं आश्रमको निर्माणको शिलान्यास गरिएको छ । आश्रममा हाम्रो मेयर, राम्रो मेयर र धार्मिक मेयर भनेर स्थानीयहरुले व्यानर बनाएर प्रचार समेत गरेका थिए । अहिले चार लाख २२ हजार रुपैयाँ लागतमा मन्दिर र आश्रम निर्माण हुन लागेको हो ।

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले मन्दिर तथा आश्रमको शिलान्यास गरेका हुन् । मन्दिरसंगै आश्रम निर्माण भएपछी असहायहरुलाई बस्नका लागि उपयोगि हुने मेयर महतले बताए ।

आश्रम निर्माणका लागि उपमहानगरपालिकासंगै स्थानीय वासिन्दाहरुले चन्दा समेत संकलन गरेका छन् । कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्का लगायतकाको आतिथ्यता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*