
हेटौँडा/ बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत मंगलबार सुनको मूल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ४५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्