
हेटौँडा/ मकवानपुरको बागमती गाउँपालिकाका विद्यालयहरु आइतबारसम्म सञ्चालन हुने भएको छ ।
बागमती गाउँपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामेश बिडारीले पढाइलाई तिव्र गतिमा अघि बढाउनुपर्ने भएकाले आइतबारसम्म पठनपाठन हुने बताए। असोज १८ गते बसेको प्रधानाध्यापक बैठकले असोज २४ गतेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ महामारीका कारण बन्द भएको विद्यालय ५ महिनापछि गत भदौ २७ गतेबाट खुलेको थियो । दशैंतिहारको बीचमा बन्द हुने विद्यालय यस वर्ष भने छुट्टी कटौती गरी कार्तिक ३ गतेबाट खुल्ने बताए। बागमती गाउँपालिकामा ५० सामुदायिक र १ निजी गरी ५१ वटा विद्यालयहरु छन् ।

सेयर गर्नुहोस्