
हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायब निरीक्षक(सई) विमल गिरी नेपालकै उत्कृष्ट अनुसन्धानकर्ताका रुपमा पुरस्कृत भएका छन।
गिरीलाई बागमती प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्य र बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी प्रकाश जंग कार्कीले प्रहरी प्रधान कार्यालयले प्रदान गरेको उत्कृष्ट अनुसन्धानकर्ताको प्रमाण-पत्र प्रदान गरेका थिए। गिरी अब्बल अनुसन्धान कर्ताका रुपमा चिनिन्छन।
लामो समयदेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अपराध अनुसन्धानमा कार्यरत गिरीले अनुसन्धान कार्यमा नेपाल प्रहरीको पेशागत मर्यादा कायम गर्दै सवुत संकलनमा कुशलता प्रदान गरि सुरक्षी समाज निर्माणमा उल्लेखनीय योगदान गर्दै सफल अनुसन्धान कार्यमा संलग्न रहेको भन्दै प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो।उनलाई ६६ औ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रम मार्फत पुरस्कृत गरिएको हो।
