गढी गाँउपालिकाका ४ स्वास्थ इकाइहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण

हेटौंडा टुडे
२०७८ आश्विन २०, बुधबार १५:२७ गते

हेटौँडा/ मकवानपुर गढी गाँउपालिका वार्ड नम्बर १,२,३ र ४ का स्वास्थ इकाइहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ । बोधिसत्व बिहार काठमाडौंका बरिस्ठ सल्लाहकार शान्त शर्माको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्रीलाई बितरण गरीएको हो ।

नेपाली काग्रेश मकवानपुरकी नेत्रृ रिता खनालको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य सामाग्री । हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता गोमा गौतम,महिला नेत्रृ ज्योती कोइराला,गिता अर्याल लगाएतको सहभागीता रहेको थियो ।

हस्तान्तरण गरीएको सामाग्रहरुमा पिपिए ५ थान,५ लिटर सेनिटाइजर,अक्सिमीटर १ थान ,थर्मल गन १ थान ,फेस शिल्ड १० थान,सर्जिकल मास्क १० थान,सर्जिकल गगल्स १० थान र केएन ९५ मास्क रहेकाछन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेत्रृ खनालले स्वास्थ्य जस्तो सम्बेदनशिल ठाँउहरुमा गरीने सहयोगले सेवा मिल्ने बताउनु भयो । स्वास्थ्य सामाग्री सहयोग गर्ने बोधिसत्व बिहार काठमाडौंका बरिस्ठ सल्लाहकार शान्त शर्मालाई धन्यबाद दिदै आगामी दिनहरुमा अन्य स्वास्थ्य ईकाईहरुमा पनि सहयोग गर्न आब्हान गर्नु भयो । यस अघि सोमबर हेटौंडा ७ स्थित उपस्वास्थ चौकी लाई हस्तान्तरण गरियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*