
हेटौँडा/ हेटौडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । समूहले प्रत्येक वर्ष झैं यसबर्ष पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो । हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको छ । कार्यक्रममा वन समूहका सल्लाहकार कृष्ण बिडारी, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, उन्नती आयआर्जन महिला समूहकी अध्यक्ष विमला दंगाल, प्रदेश राष्ट्रिय दैनिकका सम्पादक विजय पौडेल, रक्षादेवी टोल विकास संस्थाका सचिव राजकुमार फुयाँल, समूहका उपाध्यक्ष केशव धिताल, कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वन समूहका पदाधिकारी, सल्लाहकार, लेखा समिति, महिला उपसमिति, उपभोक्ता, कर्मचारी र सञ्चारकर्मीहरुको सहभागिता थियो ।
