गढी रनिङ्ग शिल्ड फुटबल : दोस्रो दिन ८ टिम बिच खेल

टुडे संवादाता
२०७८ आश्विन २०, बुधबार १९:१८ गते

हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुली भानु मीनि पिचमा मगंलबार बाट रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगिताको आज दोस्रो दिन ८ टिम बिच खेल भएको छ ।

पहिलो टिम शेर्गे गुम्बा र देवीडाडाँ युवा क्लब बीच भएको खेलमा शेर्गे गुम्बा युवा क्लबले देवीडाडाँ युवा क्लबलाई २- ० अन्तर गोलले पराजीत गरेको छ । यस्तै, प्रतिभा युवा क्लब ए र सौजन्य युवा क्लब बि बिच भएको खेलमा दुबै टीमबिच ३-३ बराबरको गोल भएको छ । लामीडाडाँ चर्च र उर्जनशील युवा क्लबबीच भएको खेलमा लामीडाडाँ चर्चले ५-० अन्तर गोलले उर्जनशील युवा क्लबलाई पराजीत गरेको छ ।

चन्द्रसूर्य युवा क्लब र जीवनदर्शन युवा क्लब बीचमा भएको खेलमा चन्द्र सूर्य युवा क्लबले जीवन दर्शन युवा क्लबलाई १७- ० अन्तर गोलले हराएको छ । सनराईज युवा क्लब ए र देविथान टोल विकास समुहबीच भएको खेलमा सनराईज युवा क्लब ए ले देविथान टोल विकास समुहलाई ४-१ अन्तर गोलले पराजीत गरेको छ । यसैगरी प्रतिभा युवा क्लब बि र प्रतिभा युवा क्लब भेटनाम बीच भएको खेलमा प्रतिभा युवा क्लब बि ले प्रतिभा युवा क्लब भेटनामलाई ३-२ अन्तर गोलले पराजीत गरेको छ । र अरु खेल जारी रहेको गढि स्टार स्पोर्ट क्लबका खेल संयोजक बिदुर हुमागाईले हेटौँडा टुडेलाई बताए । खेल असोज २३ गतेसम्म हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*