हेटौडा-६ मा रहेको रक्षादेवी बचत समूहको २३ औं वार्षिक साधारणसभा सम्पन्न

हेटौंडा टुडे
२१ आश्विन २०७८, बिहीबार ११:४५

हेटौँडा/ हेटौडा-६ चौघडामा रहेको रक्षादेवी बचत समूहको २३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतमा एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा वार्षिक साधारणसभामा साधारणसभा समूहका सचिव भीमसेन पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरि चौलागाँईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा निर्देशन समितिका संयोजक त्रिविक्रम मानन्धर, सदस्य राजेन्द्र प्रसाद चौलागाँई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । समूहमा ५५ जना सदस्यहरु आवद्ध रहेको र करिव ३५ लाखको कारोवार गरेको समूहले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*