हेटौँडा/ नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेर प्रतितोला रु ९० हजार ४०० मा कारोबार भईरहेको छ । गत बुधबार छापावाल सुन प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु ८९ हजार ९५० पुगेको छ। लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला रु १० ले बढेर एक हजार १७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्




















