हेटौँडा/ नदिजन्य तथा खानिजन्य जिल्ला अनुगमन समिति मकवानपुरले जिल्लाका ६ वटा स्थानीय तहहरुको ढुंगा, टीट्टी, बालुवाको मौज्दात प्रमाणित गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले जिल्लाका ६ वटा स्थानीय तहको ढुंगा, टीट्टी, बालुवाको मौज्दात प्रमाणित गरेको हो ।
बैठकले प्रविधिक समिति तथा सिफारिस उपसमितिबाट सिफारिस भई आएको स्थानीय तहले घाटगद्दी गरि राखेको परिमाण र विभिन्न बालुवा तथा क्रसर उद्योगहरुको मौज्दात प्रमाणिकरण गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रविधिक समिति तथा सिफारिस उपसमितिबाट सिफारिस भई आएका जिल्लाको हेटौंडा उपमहानगरपालिका, भीमफेदी, मनहरी, मकवानपुरगढी, राक्सिराङ र बकैया गाउँपािलको मौज्दात प्रमाणित गरेको हो । यस्तै बैठकले आर्थिक वर्ष २०७७र०७८ र २०७६र७७ को स्रोत नखुलेको जरिवाना योग्य ९ओभरस्टकिङ्ग० नदिजन्य परिमाणहरुको हकमा जफत गरी आवश्यक जरिवाना गर्न स्थानीय तहलाई निर्देशन समेत गरेको छ । साथै त्यसरी जफत तथा जरिवाना गरिएको विवरण ९उद्योगको नाम र परिमाण० सहितको जानकारी अनुगमन समितिलाई लिखित रुपमा पठाउन निर्देशन समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले हालका लागि मौज्दात प्रमाणिकरण भएका उद्योगहरुको मात्र बिक्रि वितरण खुला गर्ने निर्णय गर्नुका साथै मौज्दात प्रमाणिकरण गर्न बाकी रहेका उद्योगहरुले स्थानीय तह मार्फत खरिद तथा विक्रि विवरण सहित मौज्दातको विवरण शिघ्र पेश गर्न निर्देशन गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
बैठकमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङ, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौड्याल, डिभिजन वन कार्यालय मनहरीका प्रमुख दिर्घनारायण कोईराला, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जनलगायतको सहभागिता थियो । साझा सन्देशबाट






















