विरोध खतिवडा शहरी विकास मन्त्री बन्दै

हेटौंडा टुडे
२२ आश्विन २०७८, शुक्रबार १२:४९

नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम र मन्त्रालयको टुंगो लगाएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको नेता विरोध खतिवडाले जानकारी दिए ।

मकवानपुरका खतिवडाले शहरी विकास मन्त्रालय पाउने भएका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रामकुमारी झाँक्री, पर्यटन तथा नागरिक उड्ययनमा प्रेम आले र श्रम तथा रोजगारमा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*