
हेटौँडा /आज विश्व हुलाक दिवस, नेपालमा पनि मनाइँदैछ । ‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ आज विश्व हुलाक दिवस मनाइँदैछ । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाक वाट शुरुभएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरागर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो ।
नेपालले वि.सं. २०१३ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि विश्व हुलाक मानचित्रमा नेपाल आवद्ध भएको हो । हुलाक क्षेत्रको समग्र पुन संरचना र सेवाको विविधीकरण गरि हुलाक सेवालाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने कार्यलाई नेपाल सरकारले चालू आर्थिक वर्षको नीति, बजेट तथा कार्याक्रममा प्राथमिकता दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिवसको अवसरमा शुभकामना दिँदै हुलाकमार्फत् प्रदान गरिने सेवालाई प्रभावकारी बनाउँदै जनताको हुलाकवस्तु प्राप्त गर्ने भरपर्दो माध्यमको रुपमा विकास गर्ने, यसको संरचना सुधार गर्ने र सूचना प्रविधिको प्रयोगद्वारा विद्युतीय व्यापार तथा वित्तीय समावेशीकरणका कार्यक्रम सञ्चालन गर्ने प्रणालीको विकासलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।
