
हेटौँडा/ हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले यहाँ स्थित एक क्रिकेट क्लवलाई आर्थिक सहयोग गरेको छ। समूहले हेटौडा–६ शान्तिटोलमा रहेको शान्तिटोल क्रिकेट युवा क्लबलाई ५ हजार आर्थिक सहयोग गरेको हो ।
समूहको सभाहलमा आयोजित एक कार्यक्रममा समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले क्लवका सहायक टीम क्याप्टेन रोशन पौडेललाई उक्त रकम हस्तान्तरण गरेका हुन। अध्यक्ष न्यौपानेले रानी सामुदायिक वनले वन क्षेत्रको विकासका साथै वन्यजन्तुको संरक्षण, सामाजिक कार्य, शैक्षिक क्षेत्रको विकास, स्वास्थ्य क्षेत्रमा सहयोग, खेलकुद, वातावरण, आयआर्जन लगायतका क्षेत्रहरुमा समेत काम गरिरहेको बताए ।
यसैगरी, रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यसमितिका सदस्य शत्रुघन दुलालले समूहबाट प्राप्त पारिश्रमिक वापतको १ हजार ५ सय सोहि क्रिकेट क्लवलाई प्रदान गरेका छन्। रकम हसतान्तरण कार्यक्रममा समूहका उपाध्यक्ष केशव धिताल, सचिव नानिमाया रूम्बा, कार्यसमितिका पदाधिकारी र कर्मचारीको सहभागिता थियो ।
