हेटौँडा-६ मा रक्षादेवी आमा समुहद्वारा आफ्नो टोल सरसफाइ

हेटौडा टुडे
२३ आश्विन २०७८, शनिबार ११:५३

हेटौँडा/ हेटौँडा-६ चौघडामा रहेको रक्षादेवी आमा समुहद्वारा आयोजित सरसफार्ई कार्यक्रम सम्पन्न भएको छ ।

विजयादशमी, दीपावली र छठ पर्वमा मानिसको अत्यधिक भिडले बजार क्षेत्र फोहोर हुने भएकाले सरसफाई गरिएको हो । शनिबारका दिन रक्षादेवी टोलको मुल सडक दायाँ बायाँ दुवैतर्फ सरसफाइ गरेका हुन । सक्रिय महिला आमा समूहमा आवद्ध महिलाहरुले आफ्नो टोल क्षेत्रमा सफा सुग्घर बनाई नमुना टोल बनाउने समुहले जनाएको छ ।

सरसफाई कार्यक्रममा महिला आमा समुह तथा स्थानियको उपस्थिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*