हेटौँडा-८ मा रहेको आर.के. पसलमा आगोलागी हुदाँ १० लाखको क्षति

हेटौडा टुडे
२५ आश्विन २०७८, सोमबार ११:३८

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर-८ कमानेस्थित चन्द्रोदय माविको व्यसायिक भवनमा रहेको एक किराना पसलमा आगोलागी भएको छ । पुजा गर्ने क्रममा आगोलागी भएको सूचना पाएलगतै प्रहरी टोली, बारुणयन्त्र, हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा एक घण्टापश्चात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पुजा गर्ने क्रममा आगोलागी हुँदा १ तल्ले भवन जर्ण भएको छ ।

रामकृष्ण लामिछानेले संचालन गरेको आर.के.किराना पसलमा आज बिहानै आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । किराना पसलमा ७ वटा ग्यास सिलिन्डर समेत रहेकोले सिलिन्डर विस्फोट भएर आगलागी नियन्त्रणमा कठिनाइ भएको जनाइएको छ । आगोलागीबाट पसलमा रहेको सबै किराना सामान, फर्निचरलगायत गरेर १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । आगोलागीबाट मानवीय क्षति भने भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*