उद्योग संघ मकवानपुरद्वारा शुभकामना आदानप्रदान

हेटौंडा टुडे
२५ आश्विन २०७८, सोमबार ११:४४

हेटौँडा / उद्योग संघ मकवानपुरले नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, छ्ठ तथा नेपाल सम्वतको अवसरमा आईतबार शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बागमती प्रदेशकी सामाजिक राज्यमन्त्री जुनेली श्रेष्ठ, संविधनसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाली कांग्रेस रामचन्द्र माइकल, बिष्णु प्रसाद लामिछाने, नेकपा एसका श्रीधर पोखरेल, औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कडेँल, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जग्गनाथ दाहाल, उध्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेललगायत विभिन्न उद्योग प्रतिष्ठानका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*