नेकपा एमाले हेटौंडा-८ नंबर वडा कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

हेटौंडा टुडे
२०७८ आश्विन २५, सोमबार ११:५० गते

हेटौँडा/ नेपाल कम्युनिष्ट पार्टी एमाले हेटौंडा-८ नंबर वडा कमिटीले नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, छ्ठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले ८ नंबर वडा कमिटीका अध्यक्ष कृष्ण बहादुर श्रैष्ठको अध्यक्षता तथा एमाले केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष बद्री लम्साल, उपाध्यक्ष गोपाल बहादुर श्रेष्ठ, सचिव एकालाल श्रेष्ठ, नगर अध्यक्ष शालिकराम पुडासैनी, जिल्ला कमिटी, नगर कमिटी वडा कमिटी, अनेमसंघ, युवा संघलगातय नेता कार्यकर्ताको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*