हेटौँडा/ सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
हिजोको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले घटेको हो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । गतआइतबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
सेयर गर्नुहोस्




















