रेडियो सरोवरद्वारा मकवानपुरका वनकरिया समुदायलाई दशैं मनाउन पाडी सहयोग

हेटौंडा टुडे
२५ आश्विन २०७८, सोमबार १३:१३

हेटौँडा/ हेटौंडास्थित संचालित रेडियो सरोवरले नेपालकै लोपोन्मुख वनकरिया समुदायलाई दशैं मनाउन पाडी सहयोग गरेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ४ ट्वाङग्रामा रहेको वनकरिया बस्तीमा पुगेर रेडियोका सञ्चालक एवं स्टेशन म्यानेजर राजु शाश्वत लामिछानेले एक थान पाडी सहयोग गरेका हुन् ।

यसैगरी, समाजसेवी राजेन्द्र सिम्खडा र सुरेन्द्र भट्टराईले वनकरिया समुदायलाई चिउरा र मसला सहयोग गरेका छन् । वनकरिया बस्तीमा दशैं मनाउन समस्या भएको जानकारी आएपछि सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले सहयोग गरिएको रेडियोका स्टेशन म्यानेजर लामिछाने बताए ।

दशैं मनाउन मासु र चिउरा पाएपछि अगुवा सन्तमाया वनकरियाले खुशी व्यक्त गरिन् । मकवानपुरमा मात्रै बसोबास रहेको वनकरिया समुदायको मनहरी गाउँपालिका वडा नम्वर–४ ट्वाङ्ग्रामा २० घरधुरी रहेका छन् । उनीहरुले खोलामा माछा मार्ने र जंगली कन्दमूल खाएर वनकरियाले आफ्नो जीविका चलाउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*