जेसीआई हेटौंडा लेडीद्वारा बालबालिकालाई दशैंमा कोसेली सहयोग

हेटौंडा टुडे
२६ आश्विन २०७८, मंगलवार १२:४२

हेटौँडा/ जेसीआई हेटौंडा लेडीले दशैंको अवसरमा मकवानपुरका विभिन्न बालगृहमा आश्रित बालबालिकालाई दशैं कोसेली सहयोग गरेको छ । बालगृहमा आश्रित बालबालिकालाई जेसीआई हेटौंडा लेडीले मासु र चिउरा सहयोग गरेको हो ।

जेसीआई हेटौंडा लेडीले आइतबार भीमफेदी गाउँपालिकास्थित भीमफेदी बालगृह किताब राख्ने ३ थान दराजसहित ३० केजी कुखुराको मासु र २०केजी चिउरा सहयोग गरेको छ । यस्तै सोमबार हेटौंडा–११ स्थित मामाघर नेपालमा २५ केजी मासु र २० केजी चिउरा तथा हेटौंडा–५ स्थित हाम्रो घर बालगृहमा ३५ केजी मासु र २० केजी चिउरा सहयोग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*