बडादसैंको टीकाको उत्तम साइत कति बजे?

हेटौडा टुडे
२७ आश्विन २०७८, बुधबार ११:४५

हेटौँडा/ नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेकाे छ। समितिका अनुसार असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको छ। माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साईत बिहान १० बजेर ०२ मिनेटमा रहेको छ ।

उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् । घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टिका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् । ति नोटहरुमा लतपतिएको अक्षताको रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ ।

फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा मासुका विभिन्न मिठा परिकारहरू पक्कै पनि बनेका होलान् । गज्जबको पारिवारीक माहोलमा रमाइरहेकाहरु देखि परिवार अनि देशलाई सम्झेर परदेशमा टिको थाप्ने तयारी गरिरहनुभएको तपाई सबैलाई विजयादशमीको दशौं दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज शहरदेखि असहज अन्कन्टार वस्ति समेत आज विहानैदेखि एउटा फरक रौनकमा सजिएर ब्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो दैलो कूदिरहेका होलान् के बुढा, के वृद्ध अनि के तन्नेरि, सबैलाई दशैंको उर्जायूक्त रङ्गले छोएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*