
हेटौँडा/ नेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ मा रहेको प्रगति माध्यामिक विद्यालयले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त अवसरमा विद्यालयका प्राचार्य ढकालले विद्यालयको भौतिक र शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए । प्राचार्य ढकालले विद्यालयलाई जिल्लामै उत्कृष्ट बनाउन पूर्व विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहने भन्दै केहि पूर्व विद्यार्थीहरुबाट प्राप्त भएको सहयोगका बारेमा जानकारी गराउँदै थप सहयोगको अपेक्षा रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य निरञ्जन ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सल्लाहाकार एवं समाजसेवी रिता खनाल, विद्यालयका शिक्षकशिक्षिका एवम पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा विद्यालकी पूर्वविद्यार्थी समेत रहेकी समाजसेवी रिता खनालले देशका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरिरहेका प्रगतिको पूर्व विद्यार्थहरुको तथ्यांक संकलन गर्न सुझाव दिइन् । उनले पूर्व विद्यार्थीहरुको विद्यालयप्रति माया रहेको उल्लेख गर्दै सबै पूर्व विद्यार्थीहरुले विद्यालयको सर्वांगिण विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन । उक्त अवसरमा समाजसेवी खनालले विद्यालयका लागी बोधिसत्व विहार काठमाडौंबाट प्राप्त भएका विभिन्न स्वास्थ्य समाग्री हस्तान्तरण गरिन ।
कार्यक्रम कै अवसरमा पूर्व विद्यार्थीहरुले एकआपसमा शुभकामना साटासाट गर्नुका साथै विद्यालयमा अध्ययन गर्ने क्रममा भएका रमाइला र प्रेरक एवं स्मरणिय क्षणहरुका विषयमा बताएका थिए ।

