हेटौंडा/हेटौंडा–९ स्थित पशुपतिनगरमा धान काट्ने मेसिन पल्टिँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय रुस्तम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ०२-०३-००१ त १०३ नम्बरको धान काट्ने मेसिन आफैं अनियन्त्रित भई पल्टिंदा अन्सारीको मृत्युु भएको थियो । दुर्घटनामा अन्य तीन जना घाइते भएका थिए ।
सेयर गर्नुहोस्






















