भीमफेदी बालमन्दिरका बालबालिकालाई गाउँपालिका अध्यक्ष लामाले लगाइदिए टिका

हेटौंडा टुडे
२९ आश्विन २०७८, शुक्रबार १५:२७

हेटौँडा/ मकवानपुरको भीमफेदी बालमन्दिरमा रहेका बालबालिकाहरुलाई भीमफेदी गाउँपालिकााका अध्यक्ष हिदम लामाले टिका लगाइदिनुभएको छ । आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ ।

दसैको टिका पछि बालमन्दिरमा रहेका बालबालिकासँग सामूहिक तस्बिर खिचाउँदै ।

सोही अवसरमा बाल संगठन मकवानपुरका सभापति अशोक सारु मगरले पनि टिका र दक्षिणा बालबालिकाहरुलाई प्रदान गर्नुभएको छ । बालमन्दिरको लागि गाउँपालिकाका अध्यक्ष लामाले चामल र कोल्डड्रिङ्स समेत प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*