दशैँको टीका लगाउन गएको बेला प्रधानमन्त्री देउवाका भाइको घरमा चोरी

हेटौंडा टुडे
२९ आश्विन २०७८, शुक्रबार १६:०८

हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो । धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको छ भने घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको जानकारी प्राप्त भएको छ ।

उनले भने, ‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भने, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुन र तीन तोला चाँदी लगिएको छ ।’

घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए । घटनाको अनुसन्धान भइरहेको बताउँदै चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जानाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*