आज वाग्मती, प्रदेश-१ र २ का केही स्थानमा हल्का बर्षाको सम्भावना

हेटौँडा/ भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आजदेखि नै नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि अब पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार भोलिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । आज प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
भोलि भने प्रदेश १, २, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने र कर्णाली प्रदेशका केही ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने जाएको छ ।
भोलिदेखि केही दिन मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, हिमाली जिल्लामा हिमपातको समेत सम्भावना छ ।