हेटौंडा–काठमाण्डौं चल्ने टाटा सुमोद्वारा यात्रु ठगी

हेटौंडा टुडे
२०७८ आश्विन ३१, आईतवार १२:०९ गते

हेटौँडा/ हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ चल्ने सुमाले दशैंमा यात्रुहरु ठग्ने कामलाई निरन्तता दिएको छ । हेटौंडा–काठमाण्डौं चल्ने टाटा सुमोद्वारा यात्रु ठगी गर्न थालेका छन् । पहिले दशैको टिकाको दिन अगाडी काठमाण्डौबाट हेटौंडा आउँदा मात्र यात्रुसंग दोब्वर भाडा लिदै आएका टाटासुमोहरुले अहिले दुबै तर्फबाट ओहोर दोहोर गर्दा यात्रुलाई ठग्न थालेका छन् । हरेक वर्ष सुमो व्यवसायीहरुले विशेष गरि दशैं र तिहारमा मनोमानि ढङ्गले अत्याधिक भाडदर वृद्धि गर्दै आएका छन् । यो पटक पनि सुमो व्यवसायीले आफ्नै मनोमानि ढङ्गले भाडादर दोब्बर गरेको यात्रुहरुको गुनासो छ ।

दशैंको टिकाको भोलिपल्टबाट हेटौंडाबाट काठमाण्डौ जाने र काठमाण्डौंबाट हेटौंडा आउने सुमोले यात्रुसंग तोकिएको भन्दा दोब्बर भाडा लिन थालेका हुन् ।

सुमोको कृतिम अभाव सृजना गरेर यात्रुलाई ठग्न थालेका हुन् । काठमाण्डौबाट हेटौंडा आउँदा नारायणी यातायाता व्यावसायी संघको टाटासुमोले प्रत्यक यात्रुसंग एक हजार रुपैयाँका दरले लिएको मकवानपुरगढीका सुसान्त चौलागाईले बताए । हेटौंडाबाट चल्ने एक दर्जन सुमो कम्पनिहरुले यात्रु ठगिगरिरहेका हुन् ।

पहिले सुमो छैन भन्ने पछी यात्रुसंग तोकिएको भन्दा दोब्बर भाडा लिने गरेको यात्रुहरु बताउँछन् । हेटौंडाबाट काठमाण्डौं जाने यात्रुहरुसंग पनि प्रत्यक टाटासुमोले यात्रु ठगी गरिरहेका छन् ।

आजका सुमोहरुले काठमाण्डौ लैजादा एक हजार देखि १२ सय रुपैयाँ सम्म भाडा असुल गरिरहेका छन् । यात्रुलाई टिकट भने ५ सय ७५ रुपैयाँको थमाउने गरिएको छ । धेरैले त टिकट समेत दिने गरेका छैनन् । हेटौंडा बजारमा बाक्लो मात्रामा छरिएका प्रहरी पनि यात्रु ठग्दा रमिते बनेर बसेका छन् ।

सुमोहरुले यात्रु ठगि गरेको गुनासो आएकाले यसको नियन्त्रण गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रहरी परिचालन गरेर यात्रु ठगि नियन्त्रण गर्न तत्काल लागिने उनले बताए । हेटौंडाबाट छोटो दुरीको मार्ग भएर काठमाण्डौं जाने यात्रुसंग बढी भाडा लिइदै आएको हो । तर, हेटौंडाको चौकीटोलमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको चेकिङ भएपनि यसलाई नियन्त्रणमा कुनैपनि चासो दिइएको छैन । खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*