हेटौँडा/ आज विजया दशमीको तेस्रो दिन पनि आफन्तजन वा मान्यजनबाट टिका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी भएता पनि आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ । बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो ।
विजयादशमीको दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ । पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ । दशैंमा टीका भने कोगाज्रत पूर्णिमासम्म चल्नेछ । विगतमा कोगाज्रत पूर्णिमासम्म बिदा दिइने गरिएकोमा पछि कटौती गरिएको हो ।
सरकारी कार्यालय आजबाट खुल्ला हुने भएपछि दशैंमा घर गएकाहरु फर्कने क्रम चलेको छ । अधिकांश शैक्षिक संघसंस्था भने तिहार तथा छठपछि खुल्ने भएका छन् ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशै मनाइँदै आएको छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पूजाआराधना गरेर राखिएको जमरासहितको टीका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ । यसैबीच दशैंको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्दै छन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दशैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किने छन् ।






















