भारतले पेट्रोल आपूर्तिमा गर्यो कडाई, पूर्वीमा जिल्लामा पेट्रोल अभाव

हेटौंडा टुडे
३१ आश्विन २०७८, आईतवार १२:२९

हेटौँडा/ भारतले पेट्रोल आपूर्ति घटाएपछि नेपालका पूर्वी जिल्लाका बजारहरूमा पेट्रोलको अभाव देखिएको छ । इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले मागअनुसार पेट्रोल आपूर्ति नगरेपछि नेपालका पूर्वी नाकाबाट हुने पेट्रोलको आयात घटेको हो ।

आयात घटेसँगै यहाँका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे दैनिक ७ सय किलोलिटर पेट्रोलको माग रहेको तर भारतबाट शनिबार १ सय ५० किलोलिटर पेट्रोलमात्र नेपाल आएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*