हेटौँडा/ तेह्रथुम, चितवन र रुपन्देहीमा तीनजना मृत अवस्थामा फेला परेका छन् । तेह्रथुम, म्याङलुङ नगरपालिका–९ पाट्टीगाउँ बस्ने ५५ वर्षीया दिल कुमारी लिम्बू आफ्नै घरदेखि करिब २० मिटर टाढा पानीको खाल्टोमा मृत अवस्थामा फेला परेका छन् । घटनाबारे सोधपुछ तथा थप अनुसन्धानका लागि उनकै श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका–१५ फुलबारी बस्ने ५५ वर्षीय चुडामडी अधिकारी सोही ठाउँस्थित धानखेतमा मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, बुटवल उपमहानगरपालिका–२ फुलबारी जाने बाटोमा हाल नाम, थर नखुलका करिब ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्