पत्रकार नेपालको निधन चितवनका पत्रकार द्वारिका नेपाल

हेटौंडा टुडे
३१ आश्विन २०७८, आईतवार १४:५२

हेटौँडा/ चितवनका पत्रकार द्वारिका नेपालको आइतबार विहान निधन भएको छ । केही दिनदेखि उपचारका क्रममा रहेका उनको काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा विहान निधन भएको हो । उनको मष्तिष्कघात भएर निधन भएको जनाइएको छ ।

असोज २५ गते दशैंका लागि परिवारसहित रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिक बेहोस भएको चितवन पुर्याईएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरबाट ग्राण्डी लगिएको थियो ।

नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीका सदस्य, गजल मञ्च चितवनका अध्यक्ष समेत हुन् । उनी चितवनको कालिका एफएममा बरिष्ठ समाचारबाचकको रुपमा कार्यरत थिए । उनको निधनमा देशभरका संचारकर्मी र पेशागत संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*