आजको मौसम : भारी वर्षाको सम्भावना

हेटौंडा टुडे
१ कार्तिक २०७८, सोमबार ०९:२३

हेटौँडा/ बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले बताएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशको अधिकांश भूभागमा सामान्य बदली रहेको छ। साथै, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा सामान्य वर्षा भइरहेको छ।

आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागको भनाइ छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*