हात्ती धपाउन राखेको करेन्ट लागेर राईको मृत्यु

हेटौंडा टुडे
१ कार्तिक २०७८, सोमबार १०:००

हेटौँडा/ हात्ती धपाउन राखिएको विद्युतीय तारमा परेर झापामा एक जनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–१० केन्द्र मोड बस्ने शिव पौरियाकी पत्नी ५४ वर्षकी कल्पना राई पौरियाको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्ती धपाउन घरबाहिर विद्युतीय तार लगाइएको थियो । झुक्किएर तारमा आचानक छुन गई करेन्ट लाग्दा कल्पनाको घटनास्थलमै मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*