हेटौँडा/ नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डेटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थपरपरिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । सो अफर आज सोमबारबाट तीन महिनासम्म लागू हुनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर
अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी रु। ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।
यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डेटा सेवा समेत लिन चाहेमा ग्राहकले रु। २९९ मा प्रतिदिन १ जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डेटा सेवा एड–अन–प्याकको रुपमा खरिद गर्न सक्नेछन् ।
प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डेटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डेटा सेवा उपलब्ध हुनेछ, जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन ।
यदि ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डेटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु। ३० मा १ जीबी, रु। ४० मा २ जिबी र रु। ५० मा ३ जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन–प्याककै रुपमा खरिद गर्न सक्नेछन् ।
यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने ३० जीबी डेटा सेवाको प्याक रु। ५९९ मा खरिद गर्न सक्नेछन् ।
यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु। २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड–अन–प्याक खरिद गर्न सक्नेछन् ।
यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डेटा सकिएमा कम्पनीले ६४ केबीपीएस अनलिमिटेड डेटा सेवा उपलब्ध गराउनेछ ।
सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा रु.३० मा १ जीबी, रु। ४० मा २ जीबी र रु. ५० मा ३ जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन–प्याककै रुपमा खरिद गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर
यसमा जम्मा रु.७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डेटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।
प्रतिदिनका लागि उपलब्ध १ जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड–अन–प्याक खरिद गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर
यसमा जम्मा रु.९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डेटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ ।
प्रतिदिनका लागि उपलब्ध २ जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड–अन–प्याक खरिद गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर
यसमा जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डेटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।
प्रतिदिनका लागि उपलब्ध ४ जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड–अन–प्याक खरिद गर्न सकिनेछ ।
सस्तो प्रिपेड कम्बो प्याक
यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जीबी डेटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु.२९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
यसमा जम्मा रु.५९९ मा प्रतिदिन १ जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डेटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड–अन–प्याक खरिद गर्न सक्नेछन् ।
एफटीटीएच आईपीटिभी अफर
यसैगरी एफटीटीएच आईपीटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डेटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ ।
यसअन्तर्गत २५ एमबीपीएस व्याण्डविथ वार्षिक जम्मा रु.१५,९८० मा प्राप्त हुनेछ । यही सेवा वर्षको ४० एमबीपीएस रु.१७,१०० र ८० एमबीपीएस रु.२२,५०० मा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले सेटटप बक्स उपलब्ध गराउने छ ।
यही सेवा ३ महिनाका लागि २५ एमबीपीएसको रु.४,१०० मा ४० एमबीपीएसको रु.५,५०० मा र ८० एमबीपीएसको जम्मा रु.७,२०० मा उपलब्ध हुनेछ । मासिक रुपमा सेवा लिँदा २५ एमबीपीएस रु.१,४००मा, ४० एमबीपीएस रु.१,८५० मा र ८० एमबीपीएस जम्मा रु.२,४५० मा उपलब्ध हुनेछ ।
एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डेटा सेवामात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ । यसमा २५ एमबीपीएस डेटा रु.१,००० मा, ४० एमबीपीएस डेटा रु.१,५०० मा र ८० एमबीपीएस डाटा रु.२,००० मा उपलब्ध हुनेछ ।
यी सेवाहरु ३ महिनाका लागि लिँदा २५ एमबीपीएस डेटा रु.२,८५० मा, ४० एमबीपीएस लिँदा रु.४,२०० मा र ८० एमबीपीएसलाई रु.५,५०० मा लिन सकिनेछ ।
यो सेवा वार्षिकरुपले लिँदा २५ एमबीपीएसको रु.१०,५०० मा, ४० एमबीपीएसको रु.१५,३०० मा र ८० एमबीपीएसको रु.२०,५०० मा उपलब्ध हुनेछ ।
वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डेटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ ।
एफटीटीएचबाट डेटा सेवामात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ ।
यसमा डेटा सेवामात्र एक वर्षका लागि लिँदा ५० एमबीपीएसको रु.२४,८०० मा, ८० एमबीपीएसको रु.३२,८०० मा र १०० एमबीपीएसको रु.४०,८०० मा उपलब्ध हुनेछ ।
३ महिनाको लागि डेटा सेवा लिँदा ५० एमबीपीएसको रु.१२,६०० मा, ८० एमबीपीएसको रु.१६,५०० मा र १०० एमबीपीएसको रु.२०,००० मा उपलब्ध हुनेछ । एक महिनाका लागि ५० एमबीपीएसको रु.४,५०० मा, ८० एमबीपीएसको रु.६,००० मा र १०० एमबीपीएसको रु.७,५०० मा उपलब्ध हुनेछ ।
यसैगरी डेटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आईपीटिभी प्याक उपलब्ध गराउने भएको छ ।
यसमा एक महिनाका लागि सेवा लिँदा ५० एमबीपीएसको रु.५,१७८ मा, ८० एमबीपीएसको रु.६,६७८ मा र १०० एमबीपीएसको रु.८,१७८ मा उपलब्ध हुनेछ ।
३ महिनाको सेवा लिँदा ५० एमबीपीएसको रु.१४,५२३ मा, ८० एमबीपीएसको रु.१८,४२३ मा र १०० एमबीपीएसको रु.२१,९२३ मा उपलब्ध हुनेछ ।
एक वर्षको सेवा लिँदा ५० एमबीपीएसको रु.३१,३०९ मा, ८० एमबीपीएसको रु.३९,३०९ मा र १०० एमबीपीएसको रु.४७,३०९ मा उपलब्ध हुनेछ । यस प्याकको खरिदमा एसटिबीको शुल्क समावेश गरिएको छैन ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइटबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।