कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैँ

हेटौडा टुडे
१ कार्तिक २०७८, सोमबार १०:२४

हेटौँडा/ कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ । यसअघि यो कार्यक्रम कात्तिक २ र ३ गते राखिएकोमा दसैंको अवधि परेकाले मिति परिवर्तन गरिएको स्वास्थ्य समन्वय महाशाखाले जनाएको छ । ७५३ स्थानीय तहलाई आवश्यक समन्वय गरी राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन एसहित जुकाको औषधि तथा बालभिटा खुवाउने सरकारको तयारी छ ।

कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गरिने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*