मकवानपुरमा थप १४ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
१ कार्तिक २०७८, सोमबार १६:३७

हेटौँडा/ मकवानपुरमा आज थप १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५४ जनामा पिसिआर र ११ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः १३ जना र १ जना गरी थप १४ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा ९ जना हेटौंडा उपमहानगरपालिका भित्रका,२ जना बकैया गाउँपालिका भित्रका,मकवानपुरगढी,मनहरी र भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*