आजको मौसमः बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

हेटौंडा टुडे
२ कार्तिक २०७८, मंगलवार १२:२८

हेटौँडा/ हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।

जसका कारण हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहि देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भएको छ । प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षा समेत भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरु र प्रदेश न २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*