हेटौँडा/ आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा ७७ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७७.३३ अंकले घटेर २ हजार ५१०.७३ अंकमा झरेको छ । सबै उप–सूचकांकहरू राताम्ये छन् । आज ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेन्सेटिभ इन्डेक्स १३.२८ र फ्लोट इन्डेक्स ५.२९ अंक घटेको छ । फाइनान्स समूहको शेयरमा सबैभन्दा बढी ५.९ प्रतिशत गिरावट निम्तिएको छ । यस्तै, जलविद्युतमा ४.४७ र विकास बैंक समूहमा ४.१४ प्रतिशत गिरावट देखिएको छ । लगानीयोग्य रकम (तरलता) अभाव भएपछि बैंकहरूले ब्याजदर बढाउँदा नेपालको पूँजीबजार थप घटेको हो ।
सेयर गर्नुहोस्