
हेटौँडा/ आज बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११ अंक बढेको छ ।
मंगलबार ७७.३३ अंक घटेर २५१०.७३ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ११.१० अंक बढेर २५२२.२० विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेको छ ।
आज प्रि-ओपन सेसनमा २९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ ।
बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।


सेयर गर्नुहोस्